stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पाँच वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँच वर्ष पुरानो (आर्थिक वर्ष २०७६/०७७) नगद लाभांश बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ।

बैंकको साधारणसभाले लाभांश पारित गरेको मितिले ५ वर्षसम्म पनि सम्बन्धित शेयरधनीले बुझि नलिएको अवस्थामा त्यस्तो लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने व्यवस्था भएकोले उक्त आर्थिक वर्षको लाभांश लिन बाँकी कोही शेयरधनी भए यथाशीघ्र लाभांश बुझिलिन आह्वान गरेको हो।

लाभांश लिन बाँकी शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारको बाटुलेघरस्थित बैंकको शेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेडमा आवश्यक कागजात तथा विवरणहरू सहित सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

तोकिएको अवधि नाघेपछि लिन बाँकी लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले सूचनामा उल्लेख गरेको छ।

prabhu mahalaxmi
kumari