नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लिमिटेडबीच सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, नेपाल बैंकका क्रेडिट कार्ड होल्डर तथा अवकाश प्राप्त कर्मचारीहरूले काठमाडौंको चाबहिलस्थित मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने बिल रकममा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटलको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका छन्।





























