citizens life insurance long ad
stcnepal long ad

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

IME Life
kumari