stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा कात्तिक २७ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले यही कात्तिक २७ गते वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारण सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, बैंकको छाप र लोगो फेर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्ररनियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

बुक क्लोजको आधारमा कात्तिक १७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू बैंकको उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण सभा होटल पोखरा ग्राण्डमा बिहान ११ बजेबाट शुरु हुनेछ ।

prabhu mahalaxmi
kumari