stcnepal long ad
global ime bank long

यसपालि तिहारमा राष्ट्र बैंकले सुनको असर्फी नबेच्ने, चाँदीका सिक्का बेच्न सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको तिहारमा ग्राहकलाई सुनको असर्फी नबेच्ने भएको छ। बरु केन्द्रीय बैंकले चाँदीको सिक्का भने बिक्री गर्न सुरु गरेको छ।

राष्ट्र बैंकले आज असोज २८ गतेबाटै चाँदीका सिक्का (मेडालियन) बिक्रीवितरण सुरु गरेको छ। बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले चाँदीका मेडालियन बेच्न सुरु गरेको छ।

राष्ट्र बैंकले ४ थरिका चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ। जसअनुसार ग्राहकले टक्सार महाशाखामा गएर लक्ष्मी मेडालियन (१० ग्राम), गणेश मेडालियन (१० ग्राम), जगलक्ष्मी मेडालियन (१० ग्राम) र गाई मेडालियन (१० ग्राम) खरिद गर्न सक्नेछन्।

बिक्रीमा राखिएका सबै मेडालियनको ३ हजार २०० रुपैयाँ कायम गरिएको छ भने प्रतिव्यक्ति १ थान बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

चाँदीका सिक्का खरिद गर्न आउँदा नागरिकताको फोटोकपी वा नागरिक नम्बर उल्लेख भएको कुनै अन्य परिचयपत्र साथमा ल्याउन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।

IME Lifesidebar
kumari