सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोड रुपैयाँ
११.१५ प्रतिशत बढ्यो कर्जा लगानी
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप संकलन २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ११.६९ प्रतिशत अर्थात् २२ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेको हो ।
साथै, बैंकले गत वर्ष कर्जा प्रवाह ११.१५ प्रतिशत बढाए १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकले कर्जा लगानी र निक्षेप संकलनमा उल्लेख्य प्रगति गरेको देखिन्छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड रुपैयाँ गरेको छ ।
यस्तै, बैंकको सेवाशुल्क तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ३४ करोड रुपैयाँ, संचालन खर्च ६।१८ प्रतिशत बढेर ३ अर्ब २४ करोड रुपैयाँ गरेको छ ।
गत वर्ष बैंकले १ अर्ब २९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, बैंकको आधार दर ६.२५ प्रतिशतमा झरेको छ ।




















