citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

गरिमा विकास बैंकको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । गरिमा विकास बैंकको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ४७ हजार ८३४.६५ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद निवेदन पेस गर्न सक्नेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Life
ofukuro
kumari