citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने

 ब्याजदर प्रस्ताव गर्न आह्वान

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी बैंकहरुको कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड १५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले पुस ५ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

यस्तो मुद्दति निक्षेप २०८१ पुस ९ देखि २०८२ पुस ९ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

gold
himalayan life insurance long ad