citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३८ औँ वार्षिक साधारण सभा मंसिर २५ गते

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश प्रस्ताव सहित मंसिर २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (करसहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले मंसिर १२ गते बुधबार बुक क्लोज गर्ने भएको छ ।

मंसिर ११ गते मंगलबारसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

यसअघि बुक क्लोज मिति मंसिर ६ गते भनेर सार्वजनिक भएको सूचना सच्याइएको बैंकले जनाएको छ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

 

gold
himalayan life insurance long ad