citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको ४६३औं बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुने गरी यस्तो निर्णय भएको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार छ रूपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार नौ सय ६० रूपैयाँ २३ पैसा बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने दुई करोड ९८ लाख ९६ हजार सात सय ८७ रूपैयाँ ३८ पैसासहित जम्मा ५९ करोड, ७९ लाख ३५ हजार सात सय ४७ रूपैयाँ ६१ पैसा दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ ।

IME Life
kumari