stcnepal long ad
global ime bank long

एनएमबि खेती कर्जाका लागि बागमती गाउँपालिकासँग सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक, डीभी एक्सेलस प्रा,लि. (खेती एप) र बागमती गाउँपालिका मकवानपुरबीच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डीभी एक्सेलसका तर्फबाट सहसंस्थापक न्युराज कार्की र गाउँपालिकाका तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन्।

एनएमबि बैंक र डीभी एक्सेलसबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई पूर्ण रुपमा डिजिटल कर्जा प्रदान गर्नका लागि सम्झौता भएबमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेकोमा बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई यस डिजिटल कर्जामार्फत उनीहरुलाई कर्जा लगानी सहज बनाएर कृषकहरुको आर्थिक अवस्था वृद्धि गर्नका लागि तीनैवटा संस्था मिली वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरुलाई कर्जा कर्जाका लागि सहजीकरण गर्ने, ऋणीहरुलाई अन्य विभिन्न खालका परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्नेजस्ता विषयहरुमा सहमति भएको छ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष घलानले गाउँपालिकाका किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नका लागि विभिन्न कार्यक्रम गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीहरुलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणिय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्ष, कृषि अधिकृतलगायत अन्य अधिकृतको समेत उपस्थिति थियो।

अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेती कर्जा अब भने छिट्टै नै देशभर शुरु गर्ने तयारी गर्न लागिएको छ। एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

IME Lifesidebar
kumari