citizens life insurance long ad
stcnepal long ad
national life

नेपाल राष्ट्र बैंकले भोलि बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब तरलता खिच्ने

राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब तरलता खिच्ने भएको छ ।बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत वैशाख १३ देखि वैशाख २७ गतेसम्मका लागि ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् ।

ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम ५० अर्बसम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले वैशाख २७ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमशस् बाँडफाँड हुनेछ ।

यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।

himalayan life insurance
igi long