sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलन मार्फत् ३० अर्ब रुपैयाँ तान्ने लागेको हो ।

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा भएको अधिक तरलताको व्यवस्थापन गर्न आज बुधबार माघ १७ गते पनि ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलन मार्फत् ३० अर्ब रुपैयाँ तान्ने लागेको हो ।

इच्छुक  बैंक तथा वित्तीय  संस्थाले आज दिउँसो ३ बजेसम्म  बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । मंगलबार मात्रै केन्द्रीय बैंकले बजारबाट २० अर्ब रुपैयाँ तानेको थियो ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति माघ २४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

gold
kumari bank
nawakantipur long