citizens life insurance long ad
stcnepal long ad

सात प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिती

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विदेशी मुद्र्राको सञ्चितीमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक वर्षको असोज मसान्त सम्मको प्रतिवेदन अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेर २०८० असोज मसान्तमा १६ खर्ब ४३ अर्ब नौं करोड रुपैंयाँ पुगेको छ ।

राष्ट्र बैंैकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा पाँच दशमलव तीन प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ ।

चालु आवको तीन महिनामा मुलुकमा कायम रहेको कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा छ दशमलव पाँच प्रतिशतले वृद्धि भई १४ खर्ब ३३ अर्ब ३६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा आठ दशमलव तीन प्रतिशतले बृद्धि भई दुई खर्ब नौं अर्ब ७३ करोड कायम भएको छ ।

२०८० असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ महिना चार दिनको वस्तु आयात र १० महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३० दशमलव पाँच प्रतिशत, ८५ दशमलव सात प्रतिशत र २६ प्रतिशत रहेका छन ।

२०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८ दशमलव छ प्रतिशत, ८३ प्रतिशत र २५ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

IME Life
kumari