macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल राष्ट्र बैंकले शुक्रबार १७ अर्ब ८५ करोडको ट्रेजरी बोलकबोल गर्ने

बैंकले कात्तिक २४ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

बैंकले कात्तिक २४ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

तथापि, उक्त ट्रेजरी नयाँ नभएर पुरानैनवीकरण गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकको सूचना अनुसार ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनेका लागि राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ नवीकरण गरिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि शुक्रबार अर्थात् कात्तिक २४ गते मध्यान्न १२ः ३० बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरीको नवीकरण भने आगामी मंसिर १ गते हुनेछ ।

यसअघि केन्द्रीय बैंकले कात्तिक२० गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो ।

२४ कात्तिक २०८०, शुक्रवार ०८:१३ बजे प्रकाशित

NTA long ad