stcnepal long ad
ime life insurance
national life
global ime bank long

नाडाले भोलि सरकार र राष्ट्र बैंकको नीति विरूद्ध माइतीघरमा धर्ना दिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले भोलि बिहीबार सरकार र राष्ट्र बैंकको नीतिविरद्ध शान्तिपूर्ण धर्ना दिने भएको छ।

नाडाले यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप भोलि धर्ना दिन लागेको हो। नाडाले काठमाण्डौका माइतीघर मण्डलामा बिहान ११ बजेबाट धर्ना कार्यक्रम सुरु गर्नेछ।

धर्ना दिउँसो २ बजेसम्म दिइने नाडाले जनाएको छ। नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलन गरी सरकार र राष्ट्र बैंकको वर्तमान नीतिहरुको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

prabhu mahalaxmi
kumari