stcnepal long ad
global ime bank long

महिन्द्राको सव–डिलर अब स्याङ्जा र बाग्लुङ्गमा पनि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले महिन्द्रा कम्पनीको सव–डिलर तथा बतास ब्रदर्श प्रा. लि. का डिलरहरु – ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टर, पुतलीबजार नगरपालिका – १ घुम्ती, स्याङ्जाको गत २०७८ मंसिर ६ गतेका दिन र श्रेष्ठ मोटो पार्टस, बाग्लुङ्गको गलकोटमा २०७८ मंसिर ७ गतेका दिन विशाल उद्घाटन सम्पन्न गरेको छ ।

ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष श्री रविन्द्र मान श्रेष्ठ, अग्नि ग्रुप काठमाडौँका प्रतिनिधि तथा स्पेयर पार्ट्स हेड युगल सिङ्ग र अन्य माननीय अतिथिहरुद्वारा सामूहिक रुपमा गरिएको थियो ।

“आर्थिक समृद्धिका लागि व्यवसाय“ भन्ने मूल उद्देश्यका साथ सुचारु गरिएको यस सव–डिलरबाट स्याङ्जा तथा आसपासका जिल्लाका अत्याधिक ग्राहकहरुले गुणस्तरीय सेवासुविधा प्राप्त गर्नुहुने विश्वास पनि राखिएको छ ।

त्यस्तै, श्रेष्ठ मोटो पार्टसको उद्घाटन भने कार्यक्रमका प्रमुख अतिथि गलकोट, बाग्लुङ्ग नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर वि. क., विशिष्ट अतिथि विभिन्न राजनीतिक पार्टीका स्थानीय प्रतिनिधिहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुका साथै अन्य अतिथिहरुले सामूहिक रुपमा गर्नुभएको थियो ।

“नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरुमाझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सव–डिलरहरुको संचालनले थप टेवा पु¥याउने अपेक्षा गरेका छौँ”, बालाजु अटो वर्कश प्रा. लि. का लागि प्रदेश ४ का प्रोभिन्स म्यानेजर सन्तोष सुवेदीले बताउनुभयो ।

IME Lifesidebar
kumari