भल्वो आइसरका कमर्सियल भेइकल खरिदमा विदेश भ्रमणदेखि आईफोनसम्मको अफर
काठमाडौं । दसैं–तिहारलाई लक्षित गर्दै बतास एमएडब्लू कमर्सियल भेइकल्स प्रालि (बीएमसीभी)ले भल्वो आइसरका कमर्सियल भेइकल खरिद गर्ने ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।
‘दसैं–तिहार अफर २०८३’ अन्तर्गत भल्वो आइसरका एलसीबी, एचसीबी, एचडी तथा स्कुल बस खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहार तथा विदेश भ्रमणको अवसर पाउने छन्।
असोज १५ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुने यो अफरअन्तर्गत ग्राहकले थाइल्यान्ड टुर, दुबई टुर, युरोप टुर तथा कपल युरोप टुरजस्ता विदेश भ्रमणका अवसर प्राप्त गर्नेछन्। साथै, आईफोन १८ प्रो म्याक्स, विभिन्न होम अप्लायन्सेस तथा अन्य आकर्षक उपहारसमेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत उपलब्ध उपहार तथा सुविधा खरिद गरिने मोडलअनुसार फरक–फरक हुनेछन्। यो योजना भल्वो आइसरका एलसीबी, एचसीबी, एचडी तथा स्कुल बस खरिदमा लागू हुनेछ।
दसैं–तिहारलाई नयाँ सुरुवात तथा भविष्यका लागि योजना बनाउने अवसरका रूपमा लिँदै ग्राहकको व्यावसायिक आवश्यकता र चाडपर्वको उत्साहलाई जोड्ने उद्देश्यले अफर ल्याइएको बीएमसीभीले जनाएको छ।
भल्वो आइसरका कमर्सियल भेइकलहरू नेपाली बजारमा विभिन्न व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएका छन्। कम्पनीले आफ्ना सवारीसाधनमा इन्धन दक्षता, टिकाउपन तथा कम सञ्चालन लागतसँगै बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै आएको छ।
बीएमसीभीले नेपालका सातै प्रदेशमा १४ शाखा, ५ डिलर तथा १३२ रिटेलरमार्फत भल्वो आइसरका सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ। विस्तृत नेटवर्कमार्फत ग्राहकलाई व्यवसाय सञ्चालनका क्रममा आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ।





















