citizens life insurance long ad

टाटाका सबै ईभीमा ‘ब्याट्री–एज–अ–सर्भिस’ सुविधा, अब सस्तो मूल्यमै गाडी किन्न सकिने

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। टाटा मोटर्सले आफ्ना सबै विद्युतीय कारमा ‘ब्याट्री–एज–अ–सर्भिस’ (बास) सुविधा विस्तार गरेको घोषणा गरेको छ ।यसअघि इन्ट्री लेभलका टियागो र पंच मोडलमा मात्र उपलब्ध यो सुविधा अब नेक्सन, कर्भ, सियरा र ह्यारियर ईभीमा पनि लागू हुने जनाइएको छ ।

यस योजनाअन्तर्गत गाडी र ब्याट्रीको मूल्यलाई अलग–अलग गरेर खरिदकर्तालाई गाडीको सुरुवाती मूल्य निकै कम पर्ने विकल्प दिइएको छ । गाडी किन्दा ब्याट्रीको लागतलाई छुट्याएर सजिलो किस्ता वा प्रयोगका आधारमा छुट्टै फाइनान्सिङ गर्न सकिनेछ ।

कम्पनीका अनुसार ब्याट्री बिनाको गाडीको सुरुवाती मूल्य टियागो ईभीका लागि ४.६९ लाख भारुबाट सुरु भई ह्यारियर ईभीका लागि १४.४९ लाख भारुसम्म तोकिएको छ ।

यसमा प्रति किलोमिटर ब्याट्री प्रयोग शुल्क २.६ रुपैयाँदेखि ५.९ रुपैयाँसम्म पर्ने बताइएको छ । यो सुविधा केवल व्यक्तिगत प्रयोजनका लागि किनिने गाडीहरूमा मात्र लागू हुने र व्यावसायिक प्रयोगका लागि उपलब्ध नहुने कम्पनीको भनाई छ ।

IME Lifesidebar
kumari