citizens life insurance long ad

मिडल क्लासका लागि टाटाको नयाँ कम्प्याक्ट सेडान एरिस लन्च

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

टाटा मोटर्सले आफ्नो नयाँ कम्प्याक्ट सेडान टाटा एरिस लन्च गरेको छ । सो मोडलले कम्पनीको पुरानो टिगोरलाई प्रतिस्थापन गर्नेछ र इन्ट्री लेभल सेगमेन्टमा नयाँ फिचरसहित लन्च गरिएको छ ।

यसको मूल्य ५ लाख २९ हजारबाट सुरु भएर टप भेरियन्टमा ९ लाख १९ हजार भारुसम्म पुग्छ। कम्पनीले यसको बुकिङ खुला गरिसकेको छ भने डेलिभरी अक्टोबर ११ बाट सुरु हुनेछ।

टाटा एरिसमा १.२ लिटर पेट्रोल र सीएनजी इन्जिन उपलब्ध गराइएको छ। दुवै पावरट्रेनमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प दिइएको छ। नयाँ एरिसले भारतीय बजारमा मारुती सुजुकी डिजायर, हुन्डाई औरा र होन्डा अमेजजस्ता कम्प्याक्ट सेडानसँग प्रतिस्पर्धा गर्नेछ।

टाटा एरिस ४ मिटरभन्दा कम लम्बाइको छ । यसको फ्रन्टमा स्लिम एलईडी हेडल्याम्प, नयाँ ग्रिल र फुल विड्थ डीआरएल स्ट्रिप दिइएको छ। साइड प्रोफाइलमा क्लीन लाइन्स र र यू आकारको अलोय ह्विल प्रयोग गरिएको छ भने रियरमा कनेक्टेड एलईडी टेलल्याम्प र बीचमा टाटा लोगो राखिएको छ। कारमा  ४१९ लिटरको  बुट स्पेस उपलब्ध छ। सीएनजी भेरियन्टमा ट्विन–सिलिन्डर प्रयोग गरिएको छ ।

यसको क्याबिनमा उल्लेखनीय परिवर्तन गरेको छ। ड्यासबोर्डमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ। एएमटी भेरियन्टमा रोटरी डायल गियर सेलेक्टर दिइएको छ भने स्टेयरिङ ह्विल टु स्पोक डिजाइनको छ जसमा कन्ट्रोल्स राखिएको छ ।

यसमा रियर एसी भेन्ट, आर्मरेस्ट र चार्जिङ पोर्ट उपलब्ध गराइएको छ। टप भेरियन्टमा भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस चार्जिङ, टाइप–सी यूएसबी पोर्ट र अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता फिचर उपलब्ध हुनेछ ।

सेफ्टीका लागि सबै भेरियन्टमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर, आईएसओफिक्स चाइल्ड–सिट माउन्ट र हिल–होल्ड असिस्ट उपलब्ध छ । टप भेरियन्टमा ३६० डिग्री क्यामेरा र डिजिटल डीभीआरजस्ता फिचर पनि दिइएको छ।

एरिसमा १.२ लिटर, ३ सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ, जसले करिब ८५–८६ बीएचपी पावर र ११३ एनएम टर्क उत्पादन गर्छ। सीएनजी मोडमा पावर करिब ७४–७५ बीएचपी र टर्क ९६ एनएम हुनेछ। पेट्रोल र सीएनजी दुवै विकल्पमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्स उपलब्ध छ ।

IME Lifesidebar
kumari