stcnepal long ad
global ime bank long

३५० सीसी इन्जिनमा आयो ट्रायम्फ स्पिड, मुल्य ६.४९ लाख

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा हंसराज हुलासचन्द एण्ड कम्पनीले ६ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेर नयाँ ट्रायम्फ स्पिड टी४ मोटरसाइकल सार्वजनिक गरेको छ । यससँगै कम्पनीले नेपाली बजारमा आफ्नो मोडर्न क्लासिक मोटरसाइकल लाइनअपलाई थप विस्तार गरेको छ ।

नेपाली बजारमा ट्रायम्फको स्पिड ४००, स्क्र्याम्बलर ४०० एक्स र स्क्र्याम्बलर ४०० एक्ससीसँगै अब स्पिड टी४ पनि उपलब्ध भएको छ ।

यो नयाँ मोडललाई स्पिड ४०० को तुलनामा थप सस्तो विकल्पको रूपमा प्रस्तुत गरिएको छ । मूल्य कम भए तापनि यसमा नियो रेट्रो रोडस्टर डिजाइन र मुख्य मेकानिकल विशेषताहरूलाई कायमै राखिएको छ ।

इन्जिनको कुरा गर्दा, स्पिड टी४ मा ३५० सीसीको लिक्विड कुल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । यस इन्जिनले ७,५०० आरपीएममा २८.६ बीएचपी पावर र ५,५०० आरपीएममा ३१ एनएम टर्क जेनेरेट गर्दछ ।

६ स्पिड गियरबक्ससँग जोडिएको यो इन्जिन दैनिक प्रयोग र उत्कृष्ट कार्यसम्पादनको सन्तुलन मिलाउनका लागि डिजाइन गरिएको हो ।

स्पिड टी४ ले स्पिड ४०० कै समग्र बनावटलाई पछ्याएको छ । यसका दुवै तर्फ १७ इन्चका एलोय ह्विलहरू रहेका छन् भने ब्रेकिङका लागि अगाडि ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेकका साथै ड्युअल च्यानल एबीएस प्रविधि दिइएको छ ।

यद्यपि, स्पिड ४०० मा प्रयोग गरिएको इन्भर्टेड फ्रन्ट फर्कको साटो टी४ मा परम्परागत टेलिस्कोपिक फ्रन्ट फर्कको प्रयोग गरिएको छ ।

IME Lifesidebar
kumari