stcnepal long ad
ime life insurance
national life
global ime bank long

२०२६ भित्र ३ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा टाटा मोटर्स

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

टाटा मोटर्सले भारतमा सन् २०२६ भित्र तीन वटा नयाँ एसयूभी लन्च गर्ने तयारी गरेको छ। कम्पनीले दुई नयाँ इलेक्ट्रिक एसयूभीसँगै एक नयाँ प्रिमियम ईभी ब्रान्ड पनि बजारमा ल्याउने योजना बनाएको छ।

कम्पनीले सन् २०२६ को जुलाईदेखि सेप्टेम्बर बीचमा नयाँ टाटा सिएरा डट ईभी लन्च गर्ने अपेक्षा गरिएको छ। सो मिडसाइज इलेक्ट्रिक एसयूभीको बाहिरी स्वरूप धेरै हदसम्म आईसीई संस्करणसँग मिल्दोजुल्दो रहनेछ ।

यद्यपि यसको फ्रन्टमा भने केही परिवर्तन हुनेछ । यसमा बडी कलर फक्स ग्रिल, स्लिक फ्रन्ट डिजाइन र फराकिलो फुल-चौडाइ एलईडी डीआरएल समावेश हुनेछ । साइड प्रोफाइल लगभग उस्तै रहनेछ भने पछाडिको डिजाइन र भित्री भाग पनि धेरै परिवर्तन नहुने अपेक्षा गरिएको छ।

यसमा सिंगल मोटर रियर ह्विल ड्राइभ तथा ड्युअल मोटर अल ह्विल ड्राइभ विकल्प उपलब्ध हुने सम्भावना छ। यसको ड्राइभिङ रेन्ज करिब ६०० किलोमिटरसम्म हुन सक्ने अनुमान गरिएको छ। साथै, आरामदायी र स्थिर ड्राइभका लागि मल्टी लिङ्क रियर सस्पेन्सन प्रयोग हुन सक्ने बताइएको छ।

त्यसपछि टाटा मोटर्सले सन् २०२६ को अक्टोबरमा सफारी डट ईभी लन्च गर्ने योजना बनाएको छ। सो लोकप्रिय टाटा सफारी एसयूभीको इलेक्ट्रिक संस्करण हुनेछ।

यसको डिजाइनमा बन्द ग्रिल, नयाँ एयर इन्टेक र एरोडाइनामिक १९ इन्च अलोय ह्विल जस्ता महत्वपूर्ण परिवर्तन हुनेछ । यसको इन्टेरियर हालको सफारीसँग मिल्दोजुल्दो रहने भए पनि यसमा नयाँ सफ्टवेयर, फ्रन्ट ट्रंक र बाई डायरेक्सनल चार्जिङ जस्ता सुविधा थपिन सक्ने अनुमान छ।

सफारी डट ईभीमा पनि सिंगल मोटर रियर ह्विल ड्राइभ र ड्युअल मोटर अल ह्विल ड्राइभ विकल्प हुने अपेक्षा गरिएको छ। रियर ह्विल ड्राइभ भेरिएन्टमा ६५ किलोवाट आवर एलएफपी ब्याट्री स्ट्यान्डर्ड र ७५ किलोवाट आवरको ब्याट्री विकल्प पनि उपलब्ध हुन सक्छ। सो एसयूभीले फुल चार्जमा करिब ६०० किलोमिटरसम्मको रेन्ज दिन सक्ने अनुमान गरिएको छ।

यसका साथै टाटा मोटर्सले सन् २०२६ डिसेम्बरमा आफ्नो नयाँ प्रिमियम इलेक्ट्रिक भेइकल ब्रान्ड अभिन्याको पहिलो मोडल लन्च गर्ने अपेक्षा गरिएको छ।

अभिन्या पूर्ण रूपमा नयाँ प्लेटफर्ममा विकास गरिनेछ । यसमा पहिलो मोडल अभिन्या कन्सेप्टबाट प्रेरित कम-उचाइ भएको सी-सेगमेन्ट स्पोर्टब्याक हुने अनुमान छ ।

IME Lifesidebar
kumari