भारतमा होन्डा र निसानविच साझेदारी हुँदै
निसानले भारतमा होन्डासंग साझेदारी गर्न लागेको खुलासा भएको छ । निसानका सीईओ इभान एस्पिनोसाले होन्डासँग साझेदारी गर्न खुला रहेको संकेत गरेका हुन् ।
‘भारतमा रेनोसँग हाम्रो राम्रो साझेदारी छ, तर हामी अन्य विकल्पहरू पनि खोजिरहेका छौं । त्यसैले हामी भारतमा होन्डासँग के गर्न सक्छौं भन्ने विषयमा सोचिरहेका छौं’ उनले भने ।
निसान र होन्डाले हालैका दिनहरूमा विश्वव्यापी गठबन्धनको सम्भावनाको खोजी गरेका छन्् । सीईओको हालैको भनाईबाट यो स्पष्ट हुन्छ कि निसान प्रारम्भिक अवरोधको बाबजुद होन्डासँग काम गर्न खुला रहेको देखिन्छ ।
लागत घटाउन होन्डाले भारतका केही ओईएमसँग साझेदारी गर्न खोजिरहेको छ । कम्पनीले गत वर्ष व्यापक सहकार्यको सम्भावनाको खोजी गरिरहेको बताइएको छ ।
साझेदारीको दायरामा प्लेटफर्म, उत्पादन र प्रविधिहरूको साझेदारी समावेश हुन सक्ने बताइएको छ ।























