citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

ललितपुरको बागडोलमा सीजी मोटर्सले सञ्चालनमा ल्यायो डेडिकेटेड ईभी सर्भिस सेन्टर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सीजी मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको यस सर्भिस सेन्टरले सीजी मोटर्सले विक्री वितरण गर्दै आएको आयोन, एक्सपेङ, नेटा, रिडारा, डायुन लगायतका ईभी ब्रान्डहरूलाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । यो काठमाडौंमा सीजी मोटर्सले सञ्चालनमा ल्याएको दोस्रो ईभी सर्भिस सेन्टर हो ।

यससँगै च्यानल पार्टनरहरूलाई समेटेर सीजी मोटर्सले काठमाडौंमा चार ओटा ईभी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबार उद्घाटन गरिएको बागडोलस्थित ईभी सेन्टरको उद्घाटन सीजी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले गरेका थिए ।

सो अवसरमा बोल्दै चौधरीले ईभी तथा अन्य गाडीहरूको सर्भिसलाई गुणस्तरीय बनाउन सीजी मोटर्स प्रतिबद्ध रहेको बताए । पछिल्लो समय सीजी मोटर्सले ईभी सेगमेन्टमा आक्रामक रूपमा बजार विस्तारको रणनीति अपनाएको छ ।

हालसम्म विभिन्न २२ स्थानबाट ईभी वितरण गर्दै आएको सीजी मोटर्सले चार्जिङ पोइन्टहरूमा समेत लगानी विस्तार गरिरहेको छ ।

कम्पनीले हालसम्म २०० भन्दा बढी सीसीएस(२ र जिबिटी चार्जिङ पोइन्ट जडान गरिसकेको छ भने थप १०० चार्जिङ पोइन्ट जडान गर्ने योजना रहेको जनाएको छ ।

gold
himalayan life insurance long ad