citizens life insurance long ad
stcnepal long ad

आयातित वस्तुमा आयातकर्ताको विवरण अनिवार्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आगामी साउन १ गतेदेखि तयारी मालवस्तु आयात तथा बिक्री वितरण गर्ने दुवैले मालवस्तुको प्याकिङमा लेबल अनिवार्य लगाउनुपर्ने भएको छ । आर्थिक ऐन, २०८० मा भएको व्यवस्था अनुरूप भन्सार विभागले त्यस्तो विवरण अनिवार्य गरेको हो ।

विभागका अनुसार साउन १ गतेपछि आयात हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको नाम, ठेगाना, इमेल ठेगानारवेबसाइट र आयात निर्यात (एक्जिम) कोड अनिवार्य उल्लेख भएको हुनुपर्ने छ ।

यस्तो लेबल मालवस्तु बजारमा पठाउनुअघि नै लगाउनुपर्ने विभागले जनाएको छ । त्यस्तै उल्लेखित लेबल उद्योगको कच्चा पदार्थका रूपमा आयात हुने मालवस्तु, औद्योगिक मेसिनरी तथा उपकरण एवं निर्माण कार्यमा प्रयोग हुने संरचनाहरू जस्ता मालवस्तु बाहेक आम उपभोक्तालाई प्रत्यक्ष रूपमा बिक्री वितरण हुने अन्य सबै प्रकारका मालवस्तुमा लगाउनुपर्ने विभागले जनाएको छ ।

आयात भएका मालवस्तुको प्रत्येक एकाइमा र मालवस्तुको प्रकृति, आकार तथा तौलका कारण प्रत्येक एकाइमा लेबल लगाउन नमिल्ने भएमा त्यसपछि प्याकिङ गर्दा हुने सानो एकाइमा लगाउनुपर्ने छ ।

एउटै आयातकर्ताको धेरै बजार वितरक हुन सक्ने हुँदा बजार वितरकको लेबल सम्बन्धित बजार वितरक आफैँले लगाउन सक्ने छन् लेबल नेपाली अथवा अंग्रेजी भाषामा हुनुपर्ने विभागले जनाएको छ ।

लेबलको दुरुपयोग हुन नदिन आयातकर्ता तथा वितरकले लेबल लगाएर पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरी राख्नुपर्ने छ ।

आयातकर्ता तथा वितरकले लेबलमा बार कोड, क्युआर कोड, सुरक्षा स्टिकरलगायतका आफ्नो पहिचान राख्न सक्ने पनि विभागले उल्लेख गरेको छ ।

सरकारले आगामी आवको आर्थिक ऐनको भन्सार सम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ४ मा २०८० साउन १ गतेपछि आयात हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने उल्लेख छ ।

यसरी लेबल नगरी बजारमा बिक्री वितरणका लागि पठाइएको पाइएमा अनुगमन गर्ने अधिकारीले त्यस्ता मालवस्तु जफत गर्न सक्ने व्यवस्था छ ।

IME Life
kumari