citizens life insurance long ad
stcnepal long ad

मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरहरु बाँडफाँड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकोे प्रति शेयर रु.१००/–अङ्कित दरको २२,६४,६५५ कित्ता शेयर सर्वसाधारणहरुको निमित्त २०७९/११/०४ देखि २०७९/११/१० गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १४,२४,३५१ जना आवेदकहरुबाट जम्मा १,५५,७९,८०० कित्ताको लागि आवेदन प्राप्त भएको र २०७९/११/१९ गते उक्त शेयरहरु बाँडफाँड गरिएको जानकारी गराएको छ।

उक्त निष्काशनमा आवेदन दिनुहुने १४,२४,३५१ जना आवेदकहरु मध्ये रित नपुगेका ७,००५ जना आवेदकहरुलाई बांडफांडमा समावेश नगरी बांकि १४,१७,३४६ जना आवेदकहरुलाई एउटै समुहमा राखि २,२६,४६५ जनालाई १० कित्ताका दरले २२,६४,६५० कित्ता बाँडफाँड गरे पश्चाात बाँकि रहेको ५ कित्ता शेयर पुन २० कित्ता देखी ८,००० कित्ता माग गरी बाँडफाँडमा परेका ८,९६७ जना आवेदकहरुलाई एउटै समूहमा राखी ५ जनालाई १ कित्ताका दरले ५ कित्ता शेयर गरी जम्मा २२,६४,६५५ कित्ता शेयर नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको छ ।

IME Life
kumari