citizens life insurance long ad
stcnepal long ad

सहकारी ठगी : २४ भन्दा बढी कम्पनी स्थापना गरेर ३८ करोडभन्दा बढी रकम ठगी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, महाराजगञ्जले सहकारी ठगी अपराध उजुरीमा २४ भन्दा बढी कम्पनी स्थापना गरी संगठित ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज काठमाडौंले बुधबार पृथ्वीबहादुर शाहसमेत भएको ठगी/किर्ते एवम् संगठित कसुर मुद्दा अनसुन्धानको क्रममा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले विभिन्न व्यक्तिबाट गठी भएको ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपियाँ बैंक खातामा डिपोजिट भएको तथ्य फेला पारेको हो।

५६ जना पीडित रहेकोमा प्रहरीमा २४ जना पीडितको जाहेरी परेको थियो भने ती २४ जना पीडितबाट अमेरिकी डलर २८ लाख ९२ हजार ३९० रकम ठगिएको तथ्या फेला परेको छ।

कम्पनी विपरीत आधिकारिक निकायबाट विदेशी लगानी भित्राउने अनुमति नलिई विदेशी लगानी भित्राएको भन्ने सम्बन्धमा विदेशी नागरिकसँग पनि सम्पर्क स्थापित गरेको छ।

अनुसन्धानका क्रममा क्यान्सर, अल्जाइमर रोग पीडित र ज्येष्ठ नागरकलाई लक्षित गरी मनी लाउन्डरिङ युनिटले कारबाही गर्छ र कानुनी उल्झनमा पर्ने भन्दै यस्तो प्रक्रियामा नजान धम्की दिइएको पनि अनुसन्धानका क्रममा खुलेको छ।

यति मात्रै नभई, नक्कली बैंक स्टेटमेन्ट पठाएर फेक रकम जम्मा भएको देखाइ सो रकम फिर्ता गर्नुपर्ने भन्दै ठगी गरिएको पाइएको छ।

यसैगरी, काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा रहेको कित्ता नम्बर २३२ को क्षेत्रफल १९०।७४ वर्गमिटर जग्गा खरिद बिक्री गर्दा लिखित मूल्य कम देखाइ राजश्व र लाभ करसमेत छली गरेको तथ्य फेला परेको छ।

यस क्रममा कम्पनी रजिस्ट्रारको कार्यालय यू क्यास सर्भिस प्राइभेट लिमिटेड दर्ता गर्दा सञ्चालक भागवत सुवेदीको किर्ते औंठाछाप दर्ता गरेको तथ्य पनि फेला परेको छ।

ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० ले सुझाव दिएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सिआईबीले शाह, उनका भाइ विजयविक्रम शाहसहितका व्यक्तिविरुद्ध ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो।

IME Life
kumari