stcnepal long ad
ime life insurance
national life
global ime bank long

के.एफ.सी.को पन्ध्रौं (पहिलो Flagship) शाखा काठमाडौं मल सुन्धारामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा पन्ध्रौ शाखा बिस्तार गरेको छ । काठमाण्डौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपालकै पहिलो के.एफ.सी.Flagship स्टोर सञ्चालनमा ल्याएको हो । के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ ।

यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेनको परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । नयाँ शाखा सञ्चानल संगै के.एफ.सी.ले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्षमा KFC Celebration Meal लगायतका नयाँ अफर समेत ल्याएको छ ।

यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनीगरी द्रुत सेवा समेत लिन सकिने छ । हरेक ग्राहकले Customer Display Screen बाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन् ।

२३४० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ९ः०० बजे बाट रातको ९ः०० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।

साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ । यस रेष्टुराले १५ जना लाई प्रत्यक्ष रोजगार दिएको छ ।

 

 

IME Lifesidebar
kumari