citizens life insurance long ad
stcnepal long ad

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडद्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

इन्फो  डेभलपरद्वारा  संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।
हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जनाउनु भयो ।

भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अवदेखि एम डबली मार्फत सहकारीका सदस्यहरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले जनाउनु भयो ।

यो सेवा संचालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधैं सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

 

IME Life
kumari