stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैँकको साधारणसभा स्थगन गर्न निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्कलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ ।

आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका व्यक्ति समेत सञ्चालक रहेको त्यस बैङ्कको साधारण सभा आगामी मंसिर २ गते काठमाडौंमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि शुरु भइसकेपछि ठूलो संख्यामा मानिसहरु भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेर समेतको व्यवस्था गरी साधारण सभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुको साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्न सक्ने अवस्थाको स्पष्ट विद्यमानता देखिएकाले सभा रोक्न आयोगमा उजुरी परेको थियो ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा “कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन” भन्ने व्यवस्था छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तरगत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था छ ।

prabhu mahalaxmi
kumari