stcnepal long ad
global ime bank long

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई समावेशी तथा अपाङ्गमैत्री बनाउन आयोगको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन तथा आयोगका निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको छ ।

नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प निर्वाचन आयोगले समेत आत्मसात गरेको छ ।

निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७’ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९, लगायतका निर्वाचन सम्बन्धी कानुनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई विशेष जोड दिएको तथा सो सम्बन्धी व्यवस्थाहरूको कार्यान्वयनमा निर्वाचन आयोग प्रतिवद्ध रहेको छ ।
आयोगबाट दिइएका निर्देशनहरूः

(क) मतदान कक्ष बनाउँदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नबनाई वा नराखी होचो कद वा अपाङ्गता भएका व्यक्ति वा ज्येष्ठ नागरिक मतदाताले पनि सजिलै मतसङ्केत गर्न सक्ने गरी बनाउने वा राख्ने,

(ख) गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्ने,

(ग) मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त मतदाताको लागि समेत सहज हुने गरी निर्माण गरी सबैको सहज पहुँच सुनिश्चित गर्ने,

(घ) मतदान अधिकृतले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई मतदान गर्ने काममा प्राथमिकता दिई मतदान गराउने व्यवस्था गर्ने,

(ङ) दृष्टिविहिन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफ्नो मत सङ्केत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानून बमोजिम पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफू समेत निजहरूसँग गई आफ्नो रोहबरमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसङ्केत गर्न लगाउने,

(च) कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मतसङ्केत गर्न नसक्ने भई मतसङ्केत गर्ने काममा सहयोग र्पुयाउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्ने,

(छ) निर्वाचन सूचना व्यवस्थापन प्रणालीलाई लैङ्गिकमैत्री तथा समावेशी हुने गरी प्रभावकारी बनाउने ।

(२) निर्णय नं. (१) बमोजिमका निर्देशन सम्बन्धी विषयहरू मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई दिइने तालिमरअभिमुखीकरणमा समावेश गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई निर्देशन दिने ।

(३) गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारी साधनको प्रयोग गरी मतदान केन्द्रसम्म पु¥याउन र फर्किनको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई निर्देशन दिने ।

IME Lifesidebar
kumari