citizens life insurance long ad
stcnepal long ad

मतपत्र छपाइ सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ सुरु गरेको छ।

आयोगले आगामी कात्तिक २७ गते सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतपत्र ढुवानी सुरु गर्ने गरी मतपत्र छाप्न सुरु गरिएको जनाएको हो ।

प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिमा विवरण र निर्वाचन चिह्न रातो रङको हुनेछ । आयोगका अनुसार प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फ करिब चार करोड मतपत्र छापिने छन् । यसैबीच आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी समेत सुरु गरेको छ।

आठ जिल्लाका लागि आवश्यक समानुपातिकतर्फको मतपत्र शुक्रबार ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले असोज ३१ गतेभित्र ३५ जिल्लामा मतपत्र ढुवानी सम्पन्न भइसक्ने र कात्तिक पहिलो साताभित्र समानुपातिकतर्फको मतपत्र सबै जिल्लामा पुगिसक्ने आयोगको भनाइ छ ।

नेपाली सेनाको विशेष सुरक्षा निगरानीमा मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ। समानुपातिकतर्फ चार करोड ५५ लाख मतपत्र छापिएका छन्।

IME Life
kumari