citizens life insurance long ad
stcnepal long ad

मौसममा आंशिकदेखि सामान्य बदली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। आज बुधबार मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १ र मधेस प्रदेशमा मौसम सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

प्रदेश १ का केही स्थानहरूमा, मधेस प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

IME Life
kumari