citizens life insurance long ad
stcnepal long ad

म्यानचेस्टर युनाईटेडको पहिलो जित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी। नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पहिलो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा लिभरपुललाई  २–१ ले हराउँदै युनाईटेडले  पहिलो जित निकालेको हो ।

नयाँ प्रशिक्षक टेन ह्यागको प्रशिक्षणमा युनाइटेडलाई पहिलो जित दिलाउन जेडन सान्चो र मार्कस रास्फोर्डले एक एक गोल गरे । लिभरपुलका मोहोमद सलाहले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा रास्फोडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

त्यसपछि ८१ औं मिनेटमा लिभरपुलका सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए । बााकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि युनाईटेड २–१ ले विजयी भयो ।

जितसँगै युनाइटेडमाथिको दबाब केही खुकुलो भएको छ भने लिरभपुलमाथि दबाब थपिएको छ । जारी सिजनको तीन खेल सकिँदा लिभरपुलले जित निकाल्न सकेको छैन ।

 

IME Life
kumari