citizens life insurance long ad
stcnepal long ad

सवारी लाइसेन्स प्रदेशमै छापिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदेशहरूबाट पनि छापिने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सातवटै प्रदेशका यातायात मन्त्रीको अन्तर तह समन्वय बैठकमा सो निर्णय भएको हो।

प्रदेशस्थित सम्बन्धित यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स छपाइका लागि सङ्घीय सरकारले मेसिन उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

हाल यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्दै आएको छ। यसका कारण दुई वर्षसम्म लाइसेन्स नपाउने अवस्था बनेकाले प्रदेशमा छपाइ गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव चूडाराज ढकालले जानकारी दिनुभयो।

यस्तै ट्रायल उत्तीर्ण भएकै दिन परीक्षणकालीन लाइसेन्स जारी गरिनेछ। स्मार्ट लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बिनीमा दुई गरी सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइ गरिनेछ। निर्णय कार्यान्वयनमा प्रदेशका यातायातमन्त्री प्रतिबद्ध भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले लाइसेन्स रिडिङ मेसिन ट्राफिक प्रहरीलाई उपलब्ध गराउने र ट्राफिक जरिवाना अनलाइनबाटै तिर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनेछ।

इम्बोस्ड नम्बर प्लेट वितरणलाई सहजीकरण गर्ने, अनलाइन गेटवे निर्माण, अनलाइन आवेदन व्यवस्थित गर्नेलगायतका निर्णय भएको ढकालले बताउनुभयो।

 

IME Life
kumari