citizens life insurance long ad
stcnepal long ad

आमनिर्वाचनलाई निष्पक्ष, भयरहित, विश्वसनीय र मितव्ययी बनाइनेछ– प्रमुख निर्वाचन आयुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आयोगद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन, २०७९ निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा आयोगले निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरूपमा निर्वाचन सफल बनाउने दृढता व्यक्त गरेको हो ।

आयोगले गत स्थानीय तहको निर्वाचनमा दुर्गम गाउँबस्तीका अशिक्षित जनताको तुलनामा सहरी क्षेत्रका शिक्षित जनताबाट मतदान कम भएकामा चिन्ता व्यक्त गर्दै त्यसतर्फ जिम्मेवार आमसञ्चार माध्यमको ध्यान जानुपर्नेमा जोड दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समयावधि कम भएकाले गत स्थानीय तहको निर्वाचनमा सोचेजति काम गर्न नसकिएको स्पष्ट गर्दै यसअघिका राम्रा पक्षलाई समेत समेटेर आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरल, सहज र मितव्ययी ढङ्गबाट सम्पन्न गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनको सर्वमान्य सिद्धान्त अवलम्बन गरी सबैलाई समान व्यवहार गर्ने गरी कामकारवाही हुनेछ, बढीभन्दा बढी जनताको सहभागितमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध आयोगले सम्बद्ध सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ ।”

प्रमुख निर्वाचन आयुक्त थपलियाले आमसञ्चार माध्यमसहित राज्यका जिम्मेवार सबै निकायसँग साझेदारी र सहकार्य गरी आसन्न आमनिर्वाचन सम्पन्न गर्ने पक्षमा आयोग रहेको स्पष्ट गर्नुभयो ।

निर्वाचन प्रचारप्रसारका क्रममा राज्यद्वारा सञ्चालित आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले आफ्नो स्रोतसाधनको अधिकतम सदुपयोग गरी निर्वाचन प्रक्रियामा सरिक हुन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय समाचार समिति(रासस), गोरखापत्र संस्थान, रेडियो नेपाल जस्ता सार्वजनिक सञ्चार माध्यम नेपालको लोकतान्त्रिक इतिहासको जिउँदो साक्षी रहेको चर्चा गर्दै आसन्न निर्वाचनमा पनि मुलुकका जिम्मेवार आमसञ्चार माध्यमबाट स्वस्फूर्त रूपमा साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन कार्यतालिकाअनुसार अब द्रुतगतिमा निर्वाचन कार्यक्रमअघि बढ्ने बताउँदै आसन्न आमनिर्वाचनलाई ऐतिहासिकरूपमा सम्पन्न गर्ने काममा मुलुकका जिम्मेवार सार्वजनिक सञ्चार माध्यमबाट यसअघि जस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन आयुक्त सगुन शम्सेर राणाले निर्वाचन आयोगसँग सम्बन्धित संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुअघि पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले आमनिर्वाचन सम्पन्न गर्ने  अभिभा र  पूरा  गर्न आफ्नो तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

IME Life
kumari