citizens life insurance long ad
stcnepal long ad

हुण्डीको कारोबारमा संलग्न तीन जना पक्राउ

ध्वनी प्रदुषण वातावरणीय मात्र होइन, मानव स्वास्थ्यजन्य समस्या पनि हो प्रमुख शाह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा स्रोत नखुलेको नगद ७४ लाख रुपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको विभिन्न वित्तिय संस्थाका ९ थान चेक सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका २४ वर्षीय सुदिप आचार्य रहेका छन् ।

उक्त क्षेत्रमा गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नेपाली रुपैँया र चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

IME Life
kumari