citizens life insurance long ad
stcnepal long ad

मनसुन फेरि सक्रिय : देशभर बर्षा, खोलातटका मानिसहरुलाई सतर्क रहन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

मनसुन फेरि सक्रिय : देशभर बर्षा, खोलातटका मानिसहरुलाई सतर्क रहन आग्रह
काठमाडौँ । अहिले देशभर हल्का देखि मध्यम वर्षा भइरहेको छ। यो साता मनसुन सक्रिय बनेसँगै आजदेखि बर्षा शुरु भएको हो ।

वर्षा सक्रिय गराउने न्यून चापीय रेखा औसत स्थान भन्दा उत्तर तर्फ सर्न थालेसंगै नेपालका अधिकांस भूभागमा मध्यमदेखि भारी बर्षा हुदैछ।

जलवाष्प भित्र्याउन मद्दत गर्ने न्यूनचापीय रेखा भारतको कलकत्ता आसपासको क्षेत्रमा रहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपालमा देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आजदेखि देशको धेरै ठाउहरुमा प्रत्यक्ष मौसमी प्रभाव देखिने मौसमविदहरुको भनाइ छ।न्यून चापीय रेखा अझै उत्तर तर्फ सर्ने क्रममा रहेकोले केही दिन नियमित वर्षा हुने मौसम विभागको आकलन छ।

आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना भएका क्षेत्रमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । अविरल वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै जनजीवन प्रभावित हुन सक्ने भएकोले तटीय क्षेत्रका बासिन्दालाइ सचेत रहन आग्रह गरिएको छ ।

IME Life
kumari