stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कालोबजारी गरेको अभियोगमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

बारा । कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा खरिद गरी बढी मूल्यमा मल बिक्री वितरण गरी कालोबजारी गरेको अभियोगमा कोल्हवी नगरपालिका-१ कोल्हवी बजार बस्ने शम्भु साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

साहले ७ सय रुपैयाँमा खरिद गरेको युरिया मल ९ सय रुपैयाँमा बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साहले आफ्नै घरमा श्री लक्ष्मी बहुमुखी सहकारी संस्था संचालन गरी बिभिन्न किसिमका मल खादहरू कृषि सामाग्री कं.लि.कलैया तथा साल्ट ट्रेडिङ वीरगंजबाट खरिद गरी ल्याई स्टोर गरी उक्त मल तोकिए भन्दा बढी मूल्यमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै प्रहरीले उनको घरमा स्टोर गरी राखिएको युरिया मल १ सय ८१ बोरा, कृषक पोटास ८३ बोरा, एल्मुनियम सल्फेट मल ६० बोरा र फोष्फेट मल ७८ बोरा बरामद गरी उक्त बहुमुखी सहकारी संस्था सिलबन्दी समेत गरेको छ ।

साह उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

prabhu mahalaxmi
kumari