stcnepal long ad
ime life insurance
global ime bank long

डाक्टर पिटेको घटनामा चिकित्सक संघको निन्दा, छानबिन गर्न समिति गठन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार
काठमाडौं ।अस्पतालबाट फर्कने क्रममा प्रहरीबाट डाक्टरमाथि हातपात र लाठीचार्ज भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति प्रकट गरेको छ ।
त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा कार्यरत मेडिसिन विभागका आवासीय चिकित्सकहरु र कान्ति बाल अस्पतालमा न्याम्सका आवासीय चिकित्सकहरु काम पूरा गरी घर फर्किने क्रममा बुधबार राति कान्तिबाल अस्पताल पछाडि प्रहरीबाट हातपात र लाठीचार्ज भएको थियो । सो घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनामा संलग्नहरुलाई कारबाहीको माग पनि गरिएको छ ।
‘कोरोना महामारीका कारण उत्पन्न यस संकटको समयमा पनि चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवास फर्कने क्रममा परिचयपत्र देखाउँदा समेत केही प्रहरीबाट चिकित्सकमाथि हातपात गर्ने, लाठीचार्ज गरेका छन् ।
यस्ता अत्यन्तै अमानवीय क्रियाकपालप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना गर्दै अबिलम्ब त्यस्ता प्रहरीहरुको छानबिन गरी कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ’, संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले डाक्टर कुटिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।
prabhu mahalaxmi
kumari