citizens life insurance long ad
stcnepal long ad

किसानलाई रासायनिक मल,बिऊबिजनको व्यवस्था गर्न माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय परिषद्को प्रथम बैठकले जनजीविका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुसँग सम्बन्धित १७ बुँदे प्रस्ताव पारित गरेको जनाएको छ ।

गत असार १३ र १४ गते सञ्चालित बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, पाँच दलीय वाम तथा लोकतान्त्रिक गठबन्धनको आवश्यकता, सङ्गठन निर्माणमा विशेष कार्ययोजना र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी योजना पारित गरेको बताइएको छ ।

 

 

पार्टी अध्यक्ष माधवकुमार नेपालले उदघाटन गरेको बैठकमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय परिषद्का सदस्यलाई ११ समूहमा विभाजन गरिएको थियो ।
आगामी निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई सशक्तरूपमा अगाडि बढाउने, पाँच दलीय गठबन्धन निरन्तर अगाडि बढाउन प्रयत्न गर्ने, महँगी नियन्त्रण, किसानलाई मल तथा बीउबिजन मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

आगामी निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई सशक्तरूपमा अगाडि बढाउने, पाँच दलीय गठबन्धन निरन्तर अगाडि बढाउन प्रयत्न गर्ने, महँगी नियन्त्रण, किसानलाई मल तथा बीउबिजन मिलाउन सरकारलाई आग्रह गर्ने प्रस्ताव बैठकले पारित गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन ।

मुलुकका विभिन्न स्थानमा भइरहेको यौनहिंसा नियन्त्रण गरी पीडितलाई सामाजिक जीवनको प्रत्याभूति गर्न माग गरिएको प्रस्तावमा प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि सरकारलाई पहलकदमी लिन तथा पार्टी आबद्ध जनवर्गीय सङ्गठनलाई पनि आग्रह गरिएको खतिवडाले बताए । जातीय विभेदको अन्त्य गर्न र त्यसका विरुद्ध क्रियाशील रहन सबैलाई आग्रह गरिएको छ ।

भारतले विभिन्न स्थानमा बाँध बाँधेका कारण तराईको भूभाग डुबानमा पर्ने गरेकाले भारतसँग वार्ता गरी त्यसको समाधान गर्न बैठकले सरकारलाई आग्रह गरेको छ ।

राज्यका सबै संयन्त्रमा भ्रष्टाचारको छानबिन, देशमा भएका भूमिहीनको पहिचान गरी सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, काठमाडौँ उपत्यका लगायत अन्य स्थानमा फैलिएको झाडापखाला नियन्त्रण गरी बिरामीको उचित व्यवस्थापन गर्नुपर्ने, युक्रेनमाथि भएको आक्रमणले विश्वमा भइरहेको अशान्तिका साथै देखापरिरहेको खाद्य संकटप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि वार्ताको वातावरण मिलाउन विश्व समुदायलाई आग्रह गरिएको सो पार्टीले जनाएको छ ।

मुलुकको राष्ट्रिय हितमा हुने गरी पञ्चशीलका आधारमा परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको प्रस्तावमा कुनै पनि मुलुकको सैन्य गठबन्धनमा नेपाल सामेल हुन नहुने र हालै एसपीपीमा नेपाल सहभागी नहुन सरकारले गरेको निर्णयप्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रतिगामी शक्तिबाट सजग रहन वामपन्थी शक्तिलाई एकताबद्ध हुन आग्रह गरिएको उक्त प्रस्तावमा स्थानीय तहको निर्वाचनमा विजयी सबै जनप्रतिनिधिलाई शुभकामनाका साथै निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग लगायत सम्बन्धित पक्षलाई धन्यवाद दिइएको छ ।

केन्द्रीय कमिटीको विस्तारित बैठकका रूपमा लिइएको उक्त बैठकले दुई महिनाभित्रमा सङ्गठन सुदृढीकरणमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताएको छ ।

 

IME Life
kumari