एनएमबि बैंक र विन्ड पावर नेपालबीच ऋण लगानी सम्झौतामा हस्ताक्षर
काठमाडौं । एनएमबि बैंक र विन्ड पावर नेपालबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्न एनएमबि र विन्ड पावर नेपालबीच सम्झौता भएको हो ।
हाइड्रोपोनिक्स प्रविधिबाट पानीमा आधारित पौष्टिक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सकिन्छ सकिने विन्ड पावरले जानकारी गराएको छ ।
यस प्रविधिबाट उत्पादन चक्र छिटो हुने र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।
समझदारीपत्र अनुसार बैंकले विन्ड पावर नेपालबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ।
एनएमबि बैंकले एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानी गरिरहेको छ । बैंकले आइएफसी कार्यसम्पादन मापदण्डहरू समावेश गरी हरित लगानी कार्यविधि र वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली विकास गरेको पनि एनएमबिले जनाएको छ ।






















