stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज २०७९ वैशाख १८ गते ईलामस्थित श्री रणशार्दुल गण र ताप्लेजुङ्ग जिल्लास्थित श्री भीमकाली गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।

भ्रमणको दौरान वहाँले, गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

निरीक्षणकै क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाद्वारा, आसन्न ‘स्थानीय तह निर्वाचन–२०७९’ को सुरक्षामा केन्द्रित रही ईलाम जिल्लास्थित दानाबारी ईलाकामा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण गर्नु भई उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिई COB मा तैनाथ सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।

दुई दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले  २०७९ वैशाख १९ गते झापा जिल्लास्थित श्री नं. २१ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण र नेपाली सेनाद्वारा निर्वाचनलाई लक्षित गरी, सिराहा जिल्लास्थित सुखीपुर ईलाकामा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण गर्नु हुने कार्यक्रम रहेको छ ।

 

prabhu mahalaxmi
kumari