stcnepal long ad
ime life insurance
national life
global ime bank long

गङ्गालाल अस्पतालका कर्मचारी हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । हातमा कालो पट्टी बाँधेर शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारी  आन्दोलनमा उत्रिएका छन् । सेवा सर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौं संशोधन प्रक्रिया नटुङ्गिएको भन्दै कर्मचारीहरूले विरोध स्वरूप कालो पट्टी बाधेर सेवा दिएका छन् ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारी सङ्घका अध्यक्ष आत्माराम तिमल्सिनाले छैठौं संशोधन प्रक्रिया नटुङ्गिँदा कर्मचारीहरूको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताए ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ, प्राविधिक तथा अप्राविधिक कर्मचारीले सोमबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । विरोध स्वरूप उनीहरूले हातमा कालो पट्टी बाँध्ने कार्यक्रम सहित पाँच बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आफ्ना माग पुरा गर्नका लागि सङ्घले अस्पताल व्यवस्थापन पक्षलाई १४ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

९ वैशाखसम्म पनि संशोधनको प्रक्रिया नसके सबै कर्मचारीहरूले कालो पट्टीसहित व्यवस्थापनको कार्यालयमा दैनिक दुई घण्टा धर्ना दिने, ११ गतेसम्म संशोधन नभए धर्नासहित पेन डाउन गर्ने, १४ गतेसम्म पनि नभए व्यवस्थापनको कार्यालयमा धर्नासहित तालाबन्दी गर्ने कार्यक्रम उनीहरूले तय गरेका छन् ।

IME Lifesidebar
kumari