stcnepal long ad
ime life insurance
national life
global ime bank long

घलेगाँउ आज खुशी गाउँ घोषणा गरिदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिदै छ । पर्यटकीय गाउँको परिचय बनाएको घलेगाउँ अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ ।

घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यमा आज २०७९ बैशाख २ गते घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

स्मार्ट भिलेज घलेगाउँका घर एकैनासले रातो रंगको जस्ता राखिएको र घरमा सेतो रंग पोतिएको छ। यसले घलेगाँउ निकै आकर्णक देखिन्छ।पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष घलेले आज खुशी गाउँ घोषणा गरिने बताएका छन ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित भएको थियो ।

०५६ देखि घलेगाँउका स्थानीय जनताले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए । ०५७ देखि १२ घरबाट घलेगाउँमा होमस्टे सञ्चालन गरिएको थियो ।

घलेगाउँमा १३५ घर रहेका छन। त्यसमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ । न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको पाइन्छ ।

०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घलेगाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । घलेगाउँमा दैनिक ३ सयभन्दा बढी आन्तरिक तथा बाह्य पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिएको छ,उनीहरूले राम्रो आम्दानी गर्न थालेका छन। घलेगाँउ जाने सडक पहुँच पुगिसकेको छ।

 

IME Lifesidebar
kumari