stcnepal long ad
ime life insurance
national life
global ime bank long

भानुभक्त प्राणी उद्यानमा १८५ प्रजातीका चरा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

दमौली । तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले पुनस्चरा गणना गर्ने भएको छ । वन्यजन्तु सप्ताहको अवसर पारेर प्राणी उद्यानले यस क्षेत्रमा चरा गणना गर्न लागेको जनाएको छ । प्राणी उद्यानले ओगटेको वन क्षेत्रमा चरा गणना गरिएको संरक्षण अधिकृत भोजराज पन्थले बताएका छन । उनका अनुसार हालसम्म प्राणी उद्यानको क्षेत्रभित्र १८५ प्रजातिका चरा भेटिएका छन् ।

चरा अनुगमनका क्रममा फेला परेका प्रजातिको तथ्यांक राख्ने गरिएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानमा गत वर्ष प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघको संकटापन्न सूचीमा रहेको विश्वमा दुर्लभ मानिएको गोमायु महाचील र सेतो गिद्ध, संवेदनशील सूचीमा रहेको हिमाली गिद्ध, चश्मे उलुक र घेघरी झाडीफिस्टोसहित नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरलगायत विभिन्न रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा रेकर्ड गरिएको जनाएको थियो ।

चरा अनुगमन गर्नका लागि उद्यानको सबै क्षेत्रलाई समेटिने गरी लाइन ट्रान्जेक्ट बनाई बिहान र बेलुका उक्त ट्रान्जेक्टमा पैदल हिँडी अवसर अनुगमन गर्ने तयारी गरेको छ । चरा प्रत्यक्ष देखेर वा स्वर सुनेका आधारमा पहिचान गरी ‘मेकानेन’ विधिबाट अभिलेख राखिने भएको छ । उक्त कार्यका लागि बाइनाकुलर, क्यामेरा र चरा पहिचान पुस्तकको प्रयोग गरिन्छ ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्वन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्वन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्ने लगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ ।
उक्त उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।

यसैबीच तनहुँमा नयाँ वर्ष २०७९ बैशाख १ गते बिहीबारदेखि २७औँ वन्यजन्तु सप्ताह सुरु भएको छ । ‘मानव–वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ भानुभक्त प्राणी उद्यानको आयोजनामा वन्यजन्तु सप्ताह सुरु भएको छ ।

सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मानिसले वन्यजन्तुको सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए । मानव र वन्यजन्तुको अहअस्तित्व स्वीकार नहुँदा विभिन्न घटना घट्ने गरेकाले दुबैको अस्तित्व बराबर रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन । मानव र वन्यजन्तुको सहअस्तित्वका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

सो उद्यानले वन्यजन्तु सप्ताहका अवसरमा सात दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । सप्ताहका अवसरमा चरा अवलोकन साथै उद्यान सिमाना निरीक्षण तथा अनुगमन, सरसफाइ, विद्यालय शिक्षा कार्यक्रम, वन डढेलोसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय सरोकारवालासँग छलफल कार्यक्रम सञ्चालन हुने उद्यानका रेञ्जर दिपेश मिजारले जानकारी दिएका छन।

 

IME Lifesidebar
kumari