stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पञ्चकन्या ग्रुपका उपाध्यक्ष श्रेष्ठलाई सुप्रबल जनसेवाश्री द्धारा बिभुषित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको उद्योग तथा व्यवशायिक क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गदै आउनु भएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा सुप्रबल जनसेवा श्री तृतिय श्रेणि पदकबाट विभुषित गर्नु भएको छ ।

नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यवशायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पुर्याए बापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरिएको हो ।

राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।

५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यशायिक घराना पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङकी लगायत निर्माण साम्रागीको उत्पादन तथा इन्स्योरेन्स, हाइडोपावर , बैकिङ क्षेत्रमा समेत लगानि गदै आएको छ ।

prabhu mahalaxmi
kumari