वैशाख ८ गते डब्लुएचओका महानिर्देशक टेड्रोस नेपाल आउने
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् ।
स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयस सहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ । उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्त्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ ।





















