citizens life insurance long ad

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन कामपाको आग्रह

जेठदेखि प्रत्येकपटक ५ सय जरिवाना हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येक पटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो । कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुहिने फोहोर र नकुहिने फोहोर संकलन गर्न आउने बार प्लास्टिकलगायतका नकुहिने फोहोर संकलन गर्ने जनाएको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वैशाख १ गतेबाट वडा नम्बर १० मा यो व्यवस्था लागु भइसकेको जानकारी दिँदै भन्नुभयोे– ‘हामीले हिजोबाट प्रक्रिया शुरू गरेका छौँँ, यो महिनासम्म सूचना, माइकिङ सहित प्रचारप्रसार हुनेछ, जेठबाट सबै वडामा लागु गर्नेछौं । स्रोतमै फोहोरको वर्गीकरण नगरे जेठ १ गतेबाट जरिवाना तिराउन शुरू गर्नेछौं ।’

विभागले आइतरबार, मंगलबार र शुक्रबार नकुहिने फोहोर संकलन गरिने जनाएको छ । त्यसै गरी सोमबार, बुधबार र बिहीबार कुहिने फोहोर संकलन गर्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ । सर्वोच्च अदालतले १० वर्षअघि वर्गीकरण गरेर मात्रै फोहोर विसर्जन गर्ने व्यवस्था गर्न कामपालाई निर्देशनात्मक आदेश दिएको थियो । आदेशपछि केही महिना फरक–फरक बारमा दुई प्रकारको फोहोर जम्मा गरी व्यवस्थापन गर्ने व्यवस्था शुरू गरेको थियो ।

त्यो व्यवस्था धेरै नटिकेपछि आलोचना खेपेको कामपाले फेरी सोही व्यवस्था लागु गरेको हो । कामपाको वातावरण तथा कृषि विभागले जारी गरेको अत्यन्त जरुरी सूचनामा कामपा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा २२ को १ र २, फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ६ को १ र २ को व्यवस्था अनुसार वैशाख १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण गर्न आह्वान गरिएको छ ।झन्डै ८० प्रतिशत फोहोर निजी संस्थाले उठाउने काठमाडौंमा यो व्यवस्था लागु गर्न निजी क्षेत्रको मुख्य भूमिका रहको जिकिर गर्दै विभागीय प्रमुख राईले विभागले सबै निजी संघसंस्थालाई वर्गीकरण गरेर मात्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिइएको बताउनुभयो ।

उहाँले बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय, शहरी विकास मन्त्रालय लगायत सरोकारवाला निकायले फोहोरको पृथकीकरण गरेर मात्र विसर्जन गर्र्नुपर्ने जनाएपछि सोहीअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

सूचनामा भनिएको छ– ‘स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र कामपा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१९थ० तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी उक्त रकम जरिवाना लिने जानकारी गराइन्छ ।’

यसअघि कामपाले काठमाडौंको भित्री शहरमा हरेक घरमा दुईवटा फोहोर थुपार्ने भाँडा दिएर यो व्यवस्था गरेको थियो । तर, उक्त व्यवस्था कार्यान्वयन हुन नसकेपछि प्रम कार्यालयबाटै निर्देशन जारी भएको होे ।

यो व्यवस्थालाई कडाइका साथ लागु गर्न सबै निकाय, वडा अध्यक्षलाई आग्रह गरिसकेको जानकारी दिँदै विभागीय प्रमुख राइले भन्नुभयो– ‘हामी आफैं कार्ययोजना बनाउँदै थियौं । प्रम कार्यालयबाट पत्र प्राप्त भयो, अब कडाइका साथ लागु गराउनेछौं ।’

कामपाले लागु गरेको यो व्यवस्था उपत्यकाका १८ सहित ३ जिल्लाका स्थानीय तहलाई लागु हुने भएको छ । सिसडोल ल्यान्डफिल साइटमा सबै स्थानीय तहको फोहोर विसर्जन गर्नुपर्ने भएकाले सबै स्थानीय तहले अनिवार्य रूपमा फोहोरको पृथकीकरण गर्नुपर्ने हुन्छ । नेपाल समाचारपत्र दैनिकबाट

IME Lifesidebar
kumari