citizens life insurance long ad

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ्ग कारोवार सम्बन्धी सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ्ग कारोवार गर्ने सम्बन्धी एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थिहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुबिद्याहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविटरक्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने र विश्वविद्यालयको आबश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुबिद्या उपलब्ध गराउने जनाएको छ ।

समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा।यादवराज कोईरालाले समयसंगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसंग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यस सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गर्दै भविश्यमा विश्वविद्यालय र बैंक बीचको यो सम्बन्ध थप सुदृठ हुंदै जाने विश्वास व्यक्त गरे ।

 

IME Lifesidebar
kumari